Sunday, June 15, 2025

हरित गणतन्त्रका लागि संविधानको पूर्ण कार्यान्वयन

जीवेश झा/विष्णुचन्द्र नेपाली


२o८२ जेठ ३० शुक्रबार (नयाँ पत्रिका)



संविधानमा समाविष्ट हरित गणतन्त्रको अवधारणालाई मूर्त रूप दिने कानुनी प्रावधानको पूर्ण कार्यान्वयनको खाँचो छ

नेपालको संविधानले वातावरण संरक्षण र प्रवद्र्धनसँग सम्बन्धित मौलिक हकलगायत व्यवस्थालाई समेटी हरित गणतन्त्रको अवधारणा अघि बढाए पनि बढ्दो प्रदूषणको माहामारीले वेला–वेलामा हामीलाई गिजोलिरहेको हुन्छ । 

संविधानको धारा ३० ले प्रदूषकबाट क्षतिपूर्ति भराउनेदेखि वातावरणमा उल्लेख्य सुधारका लागि नागरिकसमेत गम्भीर हुन दायित्व र अवसर दुवै प्रदान गरेको छ । यद्यपि, प्रदूषणको रापले कहिले हाम्रो मुटु पोल्ने समस्या हुने त कहिले श्वासप्रश्वासमा समस्या आउने, त कहिले नाक छोपेर हिँड्न बाध्य हुनुपर्ने हाम्रो सामान्य जीवनचक्र बनेको छ । आखिरमा यो कसको गल्ती हो त ? सरकार, जनता वा कानुनको ? हरेक वर्षझैँ यस वर्ष पनि ५ जुनमा विश्व वातावरण दिवस मनाइयो । तर, यो दिवस मनाउनुको सार्थकता देखिन सकेको छ त हामीकहाँ ?

संवैधानिक व्यवस्था : 

संविधानमा समावेश भएका हरित कानुनी प्रावधानले हरित गणतन्त्रको अवधारणालाई मूर्तरूप दिएका छन् । जसमध्ये सफा वातावरणमा बाँच्न पाउने नागरिकको हकलाई धारा ३० ले समेटेको छ । यस धाराले प्रत्येक नागरिकका स्वच्छ वातावरणमा जीवनयापन गर्न पाउने हक सुनिश्चिततासँगै वातावरणीय प्रदूषणबाट मर्का परेकालाई अदालतमा मुद्दा दायर गरी हक प्रचलन गर्न–गराउन मार्गप्रशस्त गरेको अवस्था छ ।

त्यसैगरी, सफा पानी र सरसफाइको हकलाई धारा ३५ ले प्रत्याभूत गरेको छ भने खाद्य सम्प्रभुताको हकबारे धारा ३६ मा व्यवस्था गरिएको छ । कृषि सुधार वा वातावरण संरक्षणका लागि भूमिसुधार गर्न राज्यलाई उल्लेख्य कदम चाल्न धारा २५ ले जिम्मेवारी तोकेको छ । गुणस्तरीय खाद्यपदार्थ र सेवा प्राप्त गर्ने उपभोक्ताको हकबारे धारा ४४ मा व्यवस्था गरिएको छ ।

यी प्रावधानले वातावरण प्रदूषण हुने वा प्रदूषण गराउने सम्भावना भएका क्रियाकलाप रोक्न र नियन्त्रण गर्न कानुनी आधार प्रदान गरेका छन् । जग्गा–जमिनउपरको प्रदूषण होस् कि खाद्यान स्वच्छताको प्रश्न होस, सफा पानीको प्रश्नमा गम्भीर हुनुपर्ने विषय होस् कि स्वच्छ हावा, पानी र प्राकृतिक वातावरणको विषय होस्, संविधानले वातावरणसँग सम्बन्धित हरेक आयामबारे स्पष्ट व्यवस्था गरेको भए पनि सरकार र जनता दुवै वातावरणीय प्रदूषणविरुद्धको लडाइँमा चुकेको देखिन्छ । साथै, उच्च र सर्वोच्च अदालतलाई वातावरण संरक्षण र प्रवद्र्धनका लागि निर्देशन, आदेश, निर्णय वा परमादेश जारी गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यसरी संविधानले नै स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारलाई मानव अधिकारको मूल हकका रूपमा ग्यारेन्टी गरेको छ ।

न्यायिक दृष्टिकोण :

 जनहित संरक्षण मञ्च (प्रो पब्लिक) विरुद्ध नेपाल सरकार भएको ऐतिहासिक मुद्दामा सर्वोच्च अदालतले इँटाभट्टाबाट हुने प्रदूषणले जनघनत्व भएका क्षेत्र, विद्यालय, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा असर पार्ने भएकाले यस्ता क्षेत्रमा प्रदूषण न्यूनीकरणका लागि प्राथमिकता दिनुपर्ने आदेश दिएको थियो । अदालतले सरकारलाई विभिन्न मन्त्रालयका प्रतिनिधि मिलाएर टोली गठन गर्न निर्देशन दियो, जसको उद्देश्य वातावरण प्रदूषण गर्ने उद्योग, प्रदूषण नियन्त्रण यन्त्र जडान गरेका र नगरेका उद्योगको विवरण संकलन गर्नु थियो । साथै, सरकारले इँटाभट्टा बन्द गर्दा राष्ट्रिय निर्माण तथा विकास कार्यमा पर्ने असरको मूल्यांकन गर्न र यसका विकल्पको अध्ययन गर्न पनि आदेश दिएको थियो ।

भारतमा इँटाभट्टालाई उत्तर प्रदेश राज्यअन्तर्गतको आगराको ताजमहलबाट २० देखि २०० किलोमिटर टाढा सञ्चालन गर्न अनुमति दिइएको छ । यस्तो प्रावधान र सोच नीति–निर्माताबाट आएको नभई भारतीय सर्वोच्च अदालतले एमसी मेहताविरुद्ध भारत सरकार भएको मुद्दामा दिएको अन्तिम आदेशको उपज हो ।

त्यस्तै, सूर्यप्रसाद शर्मा ढुंगेलविरुद्ध गोदावरी मार्बल उद्योग प्रालि (ने.का.प २०५२, भाग १ अंक १ निर्णय नं. ०४) भएको मुद्दामा सर्वोच्च अदालतले प्रदूषित वातावरणमा मानव जीवन संकटमा पर्ने भन्दै वातावरण संरक्षणले नै मानव जीवनको संरक्षण गर्ने सिद्धान्त प्रतिपादन गरेको पाइन्छ । ‘प्रदूषित वातावरणमा मानव जीवन खतरामा हुन्छ । प्रदूषित वातावरणको सिर्जनाबाट कुनै पनि व्यक्तिको जिउज्यानको अपहरण हुन्छ । त्यस्तो प्रदूषित वातावरणबाट मुक्ति पाउनु व्यक्तिको अधिकार हो । यस अर्थमा पर्यावरण संरक्षणको सम्बन्ध परोक्ष रूपमा मानिसको जिउज्यानसँग सम्बन्धित हुँदा प्रस्तुत विषय नेपाल संविधानभित्र समावेश भएको मान्नुपर्ने ।’ भनी सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको देखिन्छ । उक्त मुद्दामा गोदावरी डाँडाबाट गोदावरी मार्बल उद्योगद्वारा मार्बल उत्खनन रोक्न माग गर्दै रिट दायर गरिएको थियो । अदालतले यस उत्खननले वन विनाश, बाढी तथा प्रतिकूल परिस्थिति निम्त्याउने निष्कर्ष निकालेको थियो ।

सो मुद्दामा, ‘गोदावरी क्षेत्रको पर्यावरण संरक्षणजस्तो संवेदनशील, मानवीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको विषयमा उपर्युक्त निष्कर्षअनुसार प्रभावकारी र सन्तोषजनक उपचारात्मक कार्य पनि भएको नदेखिँदा त्यसलाई समेत मध्यनजर राखी लागू नभएको खनिज पदार्थ ऐन, ०४२ लागू गर्न, वायु, जल, ध्वनि एवं पर्यावरण संरक्षण गर्न आवश्यक कानुन तर्जुमा हुन र गोदावरी क्षेत्रको पर्यावरण प्रभावकारी ढंगले संरक्षणतर्फ कारबाही गर्ने भन्ने सम्बन्धमा निर्देशन दिन उपयुक्त देखिएकाले विपक्षीका नाउँमा यो निर्देशनात्मक आदेश जारी गरिएको’ थियो । केदारभक्त श्रेष्ठविरुद्ध यातायात विभागसमेत (२०५८) विपक्षी रहेको मुद्दामा सर्वोच्च अदालतले नयाँ डिजेल टेम्पो काठमाडौंबाहिर समेत दर्ता नगर्ने सरकारको कदमलाई जायज ठहर गरेको थियो । यसैगरी, धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको विष्णुमती नदीमा भएको प्रदूषणविरुद्धमा भरतमणि गौतमले नेपाल सरकारलाई विपक्षी बनाई रिट दायर गरेका थिए । राष्ट्रिय महत्व बोकेको सम्पदाको संरक्षण, नदीको सफाइ, खानेपानीको सुनिश्चितता र वातावरणमैत्री रूपमा फोहर व्यवस्थापन गर्नुपर्ने दायित्व सरकारको रहेको ठहर गरी सो मुद्दामा न्याय निरूपण भएको थियो ।

अधिवक्ता भोजराज ऐरसमेत विरुद्ध प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसमेत भएको परमदेश (भाग : ४६ साल : २०६१ अंक : १०, निर्णय नं. ७४५३) मुद्दामा, सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको वातावरण दिन–प्रतिदिन प्रदूषित बन्दै गइरहेको भन्ने तथ्य विभिन्न अध्ययन अनुसन्धानबाट स्थापित भइरहेको र यसबाट वैयक्तिक स्वतन्त्रताको हकअन्तर्गत अन्तर्निहित स्वच्छ एवं स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार एवं वातावरण संरक्षण ऐनले स्वच्छ एवं स्वस्थ वातावरण कायम गर्न प्रत्याभूत गरेको व्यवस्थामा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा प्रदूषण नियन्त्रण गर्ने कार्यका लागि कोष खडा गर्ने उद्देश्यले पेट्रोलियम पदार्थको हाल कायम मूल्यबाटै वा उपभोक्तालाई सकेसम्म थप आर्थिक भार नपर्ने गरी अन्य उपयुक्त तरिकाबाट प्रदूषण नियन्त्रण कोष खडा गर्ने व्यवस्था मिलाउन ऐनको उपर्युक्त व्यवस्था लागू हुने मिति नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोक्न सरकारको नाउँमा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

यसरी, सर्वोच्च न्यायालयबाट लगभग २१ वर्षपहिले भएको आदेशको पनि पूर्ण कार्यान्वयन अझै हुन सकेको अवस्था छैन । काठमाडौं विश्वका मुख्य प्रदूषित सहरमध्ये अग्रणी स्थानमा पर्छ भन्ने विभिन्न अध्ययन प्रतिवेदनले देखाउँदै आएको र त्यसको ध्यानाकर्षण अदालतले समेत सरकारलाई समय–समयमा गराइरहेको अवस्थामा समेत वातावरण प्रदूषणमा रोकथाम हुन सकेको स्थिति छैन । 

दुई दशकपहिले पनि स्थिति त्यही थियो र अहिले पनि स्थिति त्यही छ । परिवर्तन भएको त फगत राजनीति हो । वातावरण त प्रदूषण थियो, छ र रहिरहने नै देखियो ।

सैद्धान्तिक दृष्टिकोण :

 सार्वजनिक न्यासको सिद्धान्त र राज्यको अभिभावकीय सिद्धान्तको अवधारणा एक–अर्काको परिपूरकका रूपमा रहेका छन् । प्राचीन रोमन साम्राज्यकालदेखि नै विकसित हुँदै आएको सार्वजनिक न्यासको सिद्धान्तअनुरूप सबै जनताको सम्पत्ति एवं नासोका रूपमा रहेका सडक, सरकारी घर, नदीनाला, जंगल, ताल, पोखरी, कुवा, पानी, पँधेरो, गौचर, चिहान, पाटीपौवा, खेल मैदान, पर्ती जग्गाजस्ता सबै जनताले सहज पहुँच एवं उपभोग गर्न पाउने सम्पत्तिलाई सबैको साझा सम्पदाका रूपमा लिनुपर्छ । यी वस्तुलाई प्राकृतिक वरदानका रूपमा लिँदै जुनसुकै प्रकारको हैसियतका भए पनि सबै नागरिकले समान रूपमा यो प्रयोग गर्न पाउनुपर्छ । यस्ता प्राकृतिक स्रोत सम्पदाको प्रभावकारी रूपमा व्यवस्थापन एवं संरक्षण गरी भावी पुस्ताको प्रयोगका लागि सुरक्षित राख्नु तथा दुरुपयोग भएमा वा गलत रूपमा प्रयोग भएमा त्यसविरुद्ध नागरिकलाई प्रश्न उठाउने अधिकार प्रदान गर्नु पनि यही सिद्धान्तको अवधारणाले समेटेको देखिन्छ । यसैगरी, राज्यको अभिभावकीय सिद्धान्तअन्तर्गत राज्यले उल्लिखित प्राकृतिक स्रोत–साधनको संरक्षकत्वको जिम्मेवारी लिनुपर्छ । राज्य केबल संरक्षककर्ता मात्र मानिन्छ । राज्यले चाहेर पनि यस्ता सम्पत्तिको स्वामित्व कसैमा हस्तान्तरण गर्न नसक्ने भनी नरोत्तम रानाविरुद्ध नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय (ने.का.प २०६६, भाग ५१, अंक १२ निर्णय नं. ८२८०) मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको छ ।

अबको बाटो : 

यसरी संवैधानिक तथा सैद्धान्तिक दृष्टिकोणसमेतको आलोकमा हेर्दा वातावरणीय सम्पत्तिको संरक्षकको भूमिकामा राज्य उभिनैपर्छ । वातावरण संरक्षण जनहितका लागि आवश्यक छ । वर्तमान र भविष्यका पुस्ताका हकमा यी स्रोतको संरक्षण गर्नु राज्यको परम कर्तव्य हो र यो कर्तव्यबाट विमुख भएको खण्डमा संविधान तथा प्रचलित कानुनमाथि धाबा बोलिएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुग्न सक्छ । यस्तो अवस्थामा नागरिकको स्वास्थ्यसमेतमा प्रतिकूल असर परी सुशासन, समृद्धि र विकासको पथमा लम्किन पनि असहज हुने हुँदा वातावरण संरक्षणमा राज्यका हरेक निकाय गम्भीर हुनुको विकल्प छैन । 

हरित लोकतन्त्रका निम्ति संविधानमा समावेश भएका हरित कानुनलाई सक्रिय रूपमा कार्यान्वयन गर्न चुक्नु हुँदैन ।

भारतमा झैँ स्नातक तहको सबै कोर्समा वातावरण शिक्षा अनिवार्य रूपमा पढाइनुपर्छ । पालिकाले विभिन्न किसिमका सन्देशमूलक सूचना सम्प्रेषण गरी नागरिकलाई वृक्षरोपणलगायत वातावरण संरक्षणको सवालमा सजग बनाउन अहं भूमिका खेल्नुपर्छ ।

सरकारी कार्यालयमा कम्तीमा ५० बोटबिरुवा संरक्षित गर्नैपर्ने गरी नीति ल्याउन सकिन्छ । सरकारले वातावरण संरक्षणमा उल्लेख्य योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई समय–समयमा पुरस्कृत गर्ने परिपाटीको समेत थालनी गरिएमा साकारात्मक नतिजा आउने हुन्छ । जनचेतना र जनप्रतिबद्धताविना प्रदूषणरहित वातावरणको परिकल्पना केवल दिवास्वप्न मात्र हुनेछ ।

अतः विकास र वातावरण संरक्षणबिच सन्तुलन कायम गरी विकास र वातावरण संरक्षण दुवैलाई राष्ट्रिय उद्देश्यका रूपमा लिएर संविधानले निर्दृष्ट गरेको मार्ग अवलम्बन गरी सुखी नेपाली, समृद्ध नेपालको अवधारणालाई थप मलजल दिन ढिला नगरौँ । 

प्रदूषण सरकार र नागरिक दुवैको साझा शत्रु हो । 

प्रदूषणविरुद्धको लडाइँमा सबै एकजुट नभए वातावरणीय संरक्षण असम्भव कार्यको रूपमा परिणत हुने हुँदा सबै मिली वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउनुपर्ने वेला आएको छ । ढिलो गरे राज्यप्रतिको बेइमानी हुनेछ । 


(लेखकद्वय न्याय सेवा (अदालत) मा शाखा अधिकृत पदमा कार्यरत छन्)

https://www.nayapatrikadaily.com/news-details/170172/2025-06-13  

Wednesday, June 11, 2025

Why are Nepali youths not reading?


There has been a sharp decline in the habit of reading fiction and non-fiction, which are essential for building language and critical thinking skills. Reels and short videos have become main source of entertainment and emotional satisfaction.

By Jivesh Jha 

Published - 30 April, 2025 (The DMN News) 

It is deeply concerning to witness a growing trend among teenagers: they spend an increasing amount of time watching short-form content, such as reels on social media platforms, while allocating far less time to academic responsibilities like completing assignments or preparing for exams.

Ironically, the culture of reading is deteriorating day by day. Many students now prefer thinner guides aimed solely at helping them pass exams, rather than engaging with in-depth reading material that fosters true learning.

Obsession with degrees

In today’s society, academic degrees have become the ultimate goal. It’s not uncommon to find young people holding multiple Master’s degrees or pursuing undergraduate courses simply for the sake of certification, often without genuine interest in the subject. It has become a new normal in Nepal.

Despite charging high tuition fees, many colleges do little to promote a genuine academic environment. Facilities like air-conditioned libraries, flexible reading hours, and access to journals are still lacking, especially in private institutions. Instead of nurturing a love for learning, these institutions often prioritize profit over quality education.

Destruction of quality education

In many private institutions, entertainment and leniency are mistaken for effective teaching. A teacher who avoids scolding students, tells jokes, or leads casual discussions is often considered “good”—not because of the quality of instruction but due to the relaxed atmosphere.

Unfortunately, many institutions prioritize keeping students happy for commercial reasons. In case of conflicts, they tend to side with students—not out of empathy, but to protect their business interests. Students are seen more as revenue sources than as individuals to be educated.

Even more troubling is the performance illusion presented to parents. The private schools and colleges often show mark sheets with high scores to impress guardians, but these grades don’t reflect the students’ actual skills. If marks were a true measure of competence, we would see better results on the ground. The reality is disheartening.

Language barrier and lack of expression

In many schools and colleges across the Tarai-Madhesh region, students struggle to write even a single page coherently in either Nepali or English. Their writing is often riddled with errors. Even degree holders hesitate to write publicly, fearing ridicule for grammatical mistakes or awkward sentence structures.

One of the root causes is a lack of exposure to reading. Students rarely invest time or money in books. Language proficiency—both in Nepali and English—is alarmingly low. Many students switch between “English medium” and “Nepali medium” identities, yet most lack the ability to express themselves clearly in either.

Furthermore, there has been a sharp decline in the habit of reading fiction and non-fiction, which are essential for building language and critical thinking skills. Instead, reels and short videos have become their main source of entertainment and emotional satisfaction.

While advancements in information and communication technology have opened doors to global learning, they have also brought unintended consequences. The widespread availability of smartphones and constant exposure to short videos have significantly contributed to the decline in reading culture.

Parents, preoccupied with work and financial responsibilities, often cannot supervise their children’s screen time. Meanwhile, private educational institutions continue to focus more on marketing and profit than on academic integrity.

Each year, tuition fees are raised without corresponding improvements in educational services. Research would likely reveal that most private institutions reinvest only a fraction of their income into actual learning resources.

Way forward

A significant portion of our youth are spending their valuable time on activities that do little to enrich their minds. Even medical professionals have raised concerns about the negative effects of constant short video consumption on attention span and mental focus.

The government and educational stakeholders need to take urgent action. Awareness campaigns, digital literacy programs, and policies that encourage healthier content consumption habits could play a key role. Investment in libraries, reading programs, and quality teaching must be prioritized if we are to reverse the current trend.

The future of education should not be built on superficial achievements but on meaningful learning. It’s time we rebuild a culture that values knowledge, literacy, and intellectual growth over flashy degrees and digital distractions.


https://thedmnnews.com/why-are-nepali-youths-not-reading/ 

A decades-long debate and a stubborn problem

 



By: Jivesh Jha 

Published: June 5, 2025, The Annapurna Express (a national daily newspaper)

We observe World Environment Day every year on June 5, reaffirming our commitment to protect and preserve the natural environment. Yet, despite our pledges, these efforts often fall short, as environmental protection initiatives struggle to withstand the growing challenges of pollution. 

The natural environment of Kathmandu has become so polluted that the issue of pollution in the capital city has been a topic of discussion for decades. The Supreme Court in the landmark case of Advocate Bhojraj Aire and Others v Office of the Prime Minister and the Council of Ministers and Others (2004) observed that the environment of the Kathmandu Valley is becoming increasingly polluted day by day, a fact established through various studies and research. This pollution has had a negative impact on the right to live in a clean and healthy environment, held the apex court. The judicial decision addressing the problem of Kathmandu’s pollution was delivered nearly 21 years ago, yet we continue to debate the same concerns. Years have passed, but the core issue remains unchanged. Kathmandu is one of the most polluted cities in the world. 

The concern for the natural environment was not limited to the early 2000s; it was already a topic of serious discussion in Nepal in the 1990s as well. In the case of Godavari Marbles, which was pronounced in 1995 and filed by Surya Prasad Sharma Dhungel, the apex court was of the view that human life is endangered in a polluted environment. The polluted environment leads to the deprivation of an individual’s life and physical well-being. The right to be free from such a polluted environment is a matter of individual rights and freedoms. In this respect, the protection of the environment is directly related to human life and physical integrity.  

Strict laws, poor execution

The Environment Protection Act, 2019 has been enacted by the government to implement Article 30 of the Constitution, which guarantees a breath of fresh air to every citizen. The Act aims to protect and improve the environment and to mitigate the pollution; to enforce the right to clean the environment; to grant compensation to victims of environmental pollution; and to implement EIA, Environmental Study and Environment Examination reports.  

The Act has set heavy fines for non-compliance of law and government policies. For instance, Section 35 of the Act envisages that there could be a fine of up to five million at the instance of non-compliance of EIA by a proponent. Defiance of Initial Environmental Examination could lead to fines of up to one million.

Socio-cultural legacy

Nepal is a pluralistic country where people belonging to every ethnicity and faith co-exist. Our cultural legacy shows that we have never been cruel toward the environment. In fact, environment protection is one of the cultural heritages of Nepal. 

Every religious and cultural practice we observe symbolizes environmental protection. See, the grand festival of Chhath. It’s the festival demanding cleanliness of waters. The devotees offer prayers to the Sun god by standing in the waters. 

On the first day of the month of Baisakh, people in Tarai-Madhesh celebrate Jur Shital, the festival which aims to protect the trees, waters and soil. The festival begins with elders sprinkling cool water on the head of their relatives and this practice is considered to be part of seeking blessings from the elders. The family members spread water on the plants and trees. In addition to this, there is a culture of playing the traditional game Kado-Mati (mud-soil) which is similar to mud bath. These cultural practices symbolize conservation of soil, trees, and water. 

Kautilya’s Arthashastra states that it is the Dharma of each individual in society to protect nature. The Yajna or sacrificial fire is apparently done to worship one or other deity and it ultimately purifies the air. The Samaveda highlights the importance of the Yajna as it helps in keeping away the mosquitoes and other insects. In Padma Purana and Karma Purana, it is mentioned that the trees, like Peepal, Bel, Neem, etc are the abode of the God and they are not to be cut. 

In Buddhism, the principle of Simplicity preaches for sustainability and the principle of Ahimsa (Non-violence) preaches for the love for flora and fauna. Our holy texts, laws and court judgments too show that the country has been serious towards environmentalism.

The way forward

Our concern for environmental protection should be a topic of daily discussions—not the persistence of pollution itself. Environmental pollution is a business of shame for ancient countries like Nepal, which have a rich socio-cultural and legal legacy of environmental stewardships. 

The more polluted our atmosphere becomes, the more our citizens are forced to spend on medicines and healthcare. Moreover, without addressing pollution, our development cannot be sustainable, nor can we effectively implement our green laws. Also, we would not be in a position to align with the global commitment to ‘Ending Plastic Pollution’, the theme of World Environment Day 2025. 

In fact, we should develop a conscious approach and strike a balance between environmental protection and development, held by the Supreme Court of Nepal in the landmark case of Advocate Narayan Prasad Devkota v Government of Nepal and Others (NKP 2066 BS, Decision Number 8521). The progress and pollution should not go together. There can be no end to progress in terms of industrialization, commercialization and globalization, and consequently, no escape from pollution. Still, we cannot turn a deaf ear to environmental protection measures. It is high time we implemented our green laws, embraced the wisdom of our cultural practices and revived our heritage of environmental protection.

 https://theannapurnaexpress.com/story/54935/ 

२० वर्ष बित्दा पनि कार्यान्वयन नभएको सर्वोच्चको एउटा फैसला

 



२० वर्ष बित्दा पनि कार्यान्वयन नभएको सर्वोच्चको एउटा फैसला


जीवेश झा र खगेन्द्र तिवारी
जेठ २२, २०८२ बिहिबार १९:८, विराटनगर (नेपाल खबर)

बढ्दो प्लास्टिक प्रदूषण अन्त्य गर्न संयुक्त राष्ट्र संघले वातावरण प्रदूषणविरुद्ध एकजुट भई नीति निर्माण र कार्यान्वयनतर्फ अग्रसर हुन दिशानिर्देश गरेको छ।

नागरिक चेतनाको स्तर र कानुनी प्रावधानहरू वातावरणमैत्री भए तापनि नेपालमा प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा नियन्त्रणमा तिनै तहका सरकारले आशातीत प्रगति हासिल गरेको देखिँदैन।

यस सन्दर्भमा, नगरपालिकाहरूको फोहरमैला व्यवस्थापन सम्बन्धमा सन् २०२० मा केन्द्रीय तथ्यांक विभागद्वारा भएको एक सर्वेक्षण प्रतिवेदन अनुसार देशभर वार्षिक रूपमा करिब १० लाख मेट्रिक टन फोहर उत्पादन हुने गरेकोमा तीमध्ये करिब ३.१५ लाख टन फोहर खोलाको किनार तथा खुला स्थानहरूमा फालिने गरेकोले नदी तथा नदीजन्य जीवहरूसमेत प्रभावित भएको पाइन्छ। सो प्रतिवेदन अनुसार करिब ३० प्रतिशत फोहर नसड्ने, नकुहिने प्रकृतिको प्लास्टिक तथा रबरजन्य वस्तुको रूपमा रहेको अवस्था छ।

त्यसैगरी, ४२ प्रतिशत नगरपालिकाहरूले मात्र ल्यान्डफिल साइट निर्माण गरी फोहरमैला व्यवस्थापन गर्ने गरेका छन्। बाँकी स्थानीय तहहरूमा ल्यान्डफिल साइट नै छैनन्। ल्यान्डफिल साइटको अभावमा नगरभित्रबाट सिर्जित फोहरमैलाको उचित व्यवस्थापन नभई जताततै अस्वाभाविक रूपमा फोहरमैला विसर्जन भएको पाइन्छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वव्यापी रूपमा वार्षिक रूपमा ४३० मिलियन टनभन्दा बढी प्लास्टिकजन्य फोहरमैला उत्पादन हुने गरेको र सोको दुई तिहाइ छोटो समयमै समुद्र तथा नदीमा मिसिन गई मानव खाद्यशृंखलामा प्रवेश गर्ने गर्छ।

प्लास्टिक प्रदूषणको विकराल स्वरूपलाई हेर्दा दिगो विकाससम्बन्धी लक्ष्यले समेत प्लास्टिक प्रदूषण नियन्त्रणमा जोड दिएको अवस्था छ। दिगो विकास सम्बन्धी १७ लक्ष्यमध्ये लक्ष्य नं. ११ ले सहरहरूलाई समावेशी, सुरक्षित बनाउन सदस्य राष्ट्रहरूलाई उत्प्रेरित बनाएको देखिन्छ भने लक्ष्य नं. १३ ले जलवायु परिवर्तनविरुद्ध उचित कदम चाल्न सरकारहरूलाई निर्देशित गरेको छ।

विश्वभरका राष्ट्रहरू प्लास्टिकजन्य प्रदूषणको संकटसँग जुधिरहेको अवस्था स्थिति छ भन्नेमा दुईमत हुन सक्दैन। यस सन्दर्भमा, नेपालको सर्वोच्च अदालतले प्लास्टिकजन्य प्रदूषण नियन्त्रण गर्न उल्लेखनीय फैसला तथा आदेशहरू जारी गरेको अवस्था छ। विश्व वातावरण दिवसको सन्दर्भमा ती आदेशहरू सम्झनु सान्दर्भिक हुन्छ।

फैसलाको कार्यान्वयनमा दुई दशकसम्मको ढिलाइ

२० वर्षभन्दा पहिले मिति २०६१।८।४ मा सर्वोच्च अदालतले प्लास्टिकजन्य प्रदूषणविरुद्ध एक निर्णायक फैसला सुनाएको थियो।

अधिवक्ता सन्तोषकुमार महतो विरुद्ध नेपाल सरकारसमेत भएको परमादेश (ने.का.प २०६१, भाग ४६, अंक ८, निर्णय नं. ७४३०) मुद्दामा, सर्वोच्च अदालतले प्लास्टिकको झोलाको प्रयोगले काठमाडौं उपत्यकाको वातावरण एवं जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको सम्बन्धमा सोको प्रयोगलाई निषेध एवं नियन्त्रण गर्न र त्यस्तो निषेध एवं नियन्त्रण तथा प्रतिबन्ध लगाउनु पर्ने कानुनी कर्तव्य सम्बन्धित स्थानीय तहहरूमा निहित रहेको भनी व्याख्या गरेको पाइन्छ। यस अर्थमा, फोहरमैला व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी रहेको देखिन्छ.

उक्त मुद्दामा निवेदक अधिवक्ता सन्तोषकुमार महतोले वातावरण प्रदूषण सम्बन्धी गम्भीर चिन्ताका  विषयहरू उठान गरी प्लास्टिकको झोलाको प्रयोगबाट दोहोरो वातावरणीय दुष्प्रभाव पर्ने उल्लेख गरेका थिए। यसबाट माटो, पानी र जीवजन्तुको स्वास्थ्यमा समेत असर पर्ने गर्छ। प्लास्टिकका झोलामा खानेकुराहरू राखिंदा पोलिथिनबाट खासगरी कालो रंगको प्लास्टिकको झोलाबाट निस्कने रसायनबाट मानव स्वास्थ्यमा चर्मरोग एवं अर्बुद रोग उत्पन्न हुने सम्भावना समेतलाई नकार्न नसकिने निवेदन दाबीमा सर्वोच्च अदालत समेत सहमत भएको सो फैसलामा उल्लेख भएको देखिन्छ।    

सो फैसलाको अन्तिम पृष्ठमा सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्दै एक प्राविधिक समिति गठन गर्न आदेश दिएको थियो। नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्लास्टिक प्राविधिज्ञ एवं वातावरणविद, त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्री, श्री ५ को सरकार जनसंख्या तथा वातावरण मन्त्रालय तथा काठमाडौं उपत्यकाका सबै नगरपालिका एवं नेपाल प्लास्टिक उत्पादक संघका प्रतिनिधि समेत समावेश हुने गरी एक प्राविधिक समिति गठन गरी उक्त समितिलाई वातावरण प्रदूषण सम्बन्धी अध्ययन अनुसन्धान गरी राय सहितको प्रतिवेदन सोही आर्थिक वर्षभित्र पेस गर्नु भनी कार्यादेश पनि दिएको थियो।

त्यस्तै उक्त प्राविधिक समितिले दिएको प्रतिवेदन एवं नागरिकहरूको अभिमत वा राय समेतलाई आधार बनाई काठमाडौं उपत्यकामा प्लास्टिकजन्य झोलाहरूको बेचबिखन एवं प्रयोग सम्बन्धमा निर्णय गर्नु भनी विपक्षी नगरपालिकाहरूका नाममा परमादेशको आदेश जारी गरेको थियो। 

यसरी हेर्दा, २०६१ सालमै सर्वोच्च  अदालतले काठमाडौं उपत्यकाका नगरपालिकामा प्लास्टिकजन्य झोला बिक्री र प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो।

प्रदूषण बढ्दो क्रममाः आदेशको अवज्ञा जारी

सर्वोच्च अदालतबाट ०६१ सालमा यस्ता स्पष्ट निर्देशनात्मक आदेश भएता पनि २० वर्षपछि पनि प्रदूषण सम्बन्धी स्थितिमा उल्लेखनीय सुधार भएको देखिँदैन।

अझ, काठमाडौं विश्वका अत्यधिक प्रदूषित सहरमध्ये एक रहेको भन्ने विभिन्न तथ्याङ्क तथा सर्वेक्षणले देखाउँदै आएको छ।

नीति निर्माण सम्बन्धी अभ्यासलाई हेर्दा, प्लास्टिकको प्रयोगबाट वातावरणमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने तथा प्लास्टिकका झोलाहरू बढी मात्रामा प्रयोग भइरहेकै अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ०५७।१।१९ देखि लागू हुने गरी २० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउने गरी कानुन बनायो।

यसरी सरकारको तर्फबाट प्लास्टिकजन्य झोलाको प्रयोगमा प्रतिबन्ध लगाइए तापनि त्यसको कार्यान्वयन अझै हुन सकेको अवस्था छैन।

प्लास्टिक एवं प्लास्टिकजन्य पदार्थ तथा प्लास्टिकको झोलाहरूको व्यवस्थापन सम्बन्धमा तयार गरिएको प्रतिवेदन, २०७० र विभिन्न देशहरूले गरेका सो सम्बन्धी व्यवस्थाहरूको आधारमा हेर्दा हाम्रो देशमा पनि प्लास्टिकका सामग्रीहरूको अत्यधिक प्रयोगले वातावरणलाई प्रदूषित गरी मानव स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर पारेको देखिन्छ ।

०६१ को आदेशपछि वातावरण मन्त्रालयले २०६८ सालमा नै प्लास्टिक झोला (नियमन र नियन्त्रण) निर्देशिका, २०६८ जारी गरी २० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकको झोला उत्पादनमा प्रतिबन्ध लगाएको देखिन्छ भने प्लास्टिक झोलाको उत्पादन, भण्डारण, बिक्री तथा वितरण गर्दा अपनाउनुपर्ने उपायहरूको सम्बन्धमा पनि व्यवस्था गरेको देखिन्छ।

त्यस्तै अदालतले नेपाल प्लास्टिक उत्पादक संघसहितका विपक्षीविरुद्ध काठमाडौं महानगरपालिकाभित्र प्लास्टिकको झोलाको प्रयोग, उत्पादन तथा बिक्री वितरणलाई व्यवस्थित र नियमित गर्न निश्चित मापदण्डबाहेकको प्लास्टिकको झोला प्रयोग उत्पादन, बिक्री वितरणलाई प्रतिबन्ध लगाउने गरी मिति २०७०।१।५ को काठमाडौं महानगरपालिकाको निर्णय कानुनबमोजिम नै रहेको आदेश पनि दिएको थियो।

नेपाल सरकारको १५ औं पञ्चवर्षीय योजनामा वातावरण शीर्षकको रणनीति नं.१ को कार्यनीति नं. ६ मा तोकिएको मापदण्डबाहेकका प्लास्टिक उत्पादन र प्रयोगमा प्रतिबन्ध र प्लास्टिकजन्य पदार्थको पुनः प्रयोगको नीति अवलम्बन गरिने छ भन्ने उल्लेख गरिएको छ। नेपाल सरकारको १६औं योजनामा त झन् अध्याय-१३ मा जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्‍त्र सम्बन्धी विस्तृत व्याख्या भएको पाइन्छ।

यसरी प्लास्टिकजन्य सामग्रीहरूको अव्यवस्थित प्रयोगबाट वातावरण प्रदूषित भएको तथा बेलैमा नियन्त्रण नगरिएको अवस्थामा मानव जीवनमा थप विकराल अवस्था देखिन सक्नेतर्फ ध्यान पुर्‍याउनु पर्दछ।

यसै सन्दर्भमा, नेपाल सरकारले मिति २०७१।१२।१८ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २०७२।०१।०१ गतेदेखि काठमाडौं उपत्यकाभित्र २०x३५ साइज र ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोलाहरूको आयात, भण्डारण र बिक्री, वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाइएकोमा सोको विपरीत वन तथा वातावरण मन्त्रालय (मन्त्रिस्तर) को मिति २०७५।०२।२३ को निर्णयानुसार स्वीकृत भई प्रकाशित नेपाल स्वच्छ वातावरण महाअभियान (२०७५) (कार्ययोजना) पुस्तकको पेज नं. १४ मा रहेको कार्यक्रमको विवरणमा '३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको नियन्त्रण तथा नियमन गर्ने तथा अन्य झोलाको हकमा वैकल्पिक झोलाको प्रवर्द्धन गर्ने' गरी भएको काम कारबाही र निर्णयलाई कानुनसम्मत रहेको भन्न नमिल्ने भनी सर्वोच्च अदालतले भरतकुमार बस्नेत विरुद्ध वन तथा वातावरण मन्त्रालयसमेत भएको उत्प्रेषण परमादेश मुद्दा (ने.का.प. २०८०, भाग ६५, अंक ५, निर्णय नं. ११०१५) मा व्याख्या विश्लेषण गरेको देखिन्छ।

सो मुद्दामा सर्वोच्चले भनेको छ, 'वातावरणसम्बन्धी समस्याको समाधान गर्नुपरेमा जुन कुरा गर्दा वातावरणको बलियो संरक्षण हुन्छ, सोही कार्य गरिनुपर्छ भन्ने सिद्धान्तको आधारमा पनि ४० माइक्रोन मोटाइभन्दा कमको प्लास्टिकमा लगाइएको प्रतिबन्धलाई परिवर्तन गर्नु उचित नहुने। अहिले प्लास्टिक मानव जीवनको दैनिकीसँग निकै गहिरो रूपमा जोडिएको छ। यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन सकिने अवस्था छैन तर यसबाट हुने हानि निकै व्यापक र जटिल रहेको हुँदा यसको जथाभावी प्रयोगलाई नियमन गर्नु अत्यावश्यक देखिने। यस्तोमा कानुन र विज्ञानको समन्वयमा प्लास्टिक प्रयोगसँग सम्बन्धित खतराउपर विचार गरेर आवश्यक नियमनकारी व्यवस्था गर्नु आवश्यक देखिने। काठमाडौं जस्तो व्यापक जनसङख्या र उपभोक्ता रहेको सहरमा प्लास्टिकमा गरिएको नियमनलाई परिवर्तन गरी पछि हट्दा स्वास्थ्य, पर्यावरण, जैविक विविधतामा नकारात्मक असर पर्ने र वातावरण कानुनको शासनको समेत विपरीत हुन जाने।'

०६१ मा अधिवक्ता भोजराज ऐर विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत भएको मुद्दामा पनि सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको प्रदूषणले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको संवैधानिक हक उल्लंघन भएको भन्दै सरकारलाई चेतावनी दिएको थियो।

त्यसभन्दा अघि, २०५२ मा प्राडा सूर्यप्रसाद शर्मा ढुंगेल विरुद्ध गोदावरी मार्बलको मुद्दामा पनि सर्वोच्चले प्रदूषित वातावरणले मानव जीवनलाई जोखिममा पार्ने भन्दै गम्भीर व्याख्या गरेको थियो।

निष्क्रियताको निरन्तरता

सर्वोच्च अदालतका निर्णयहरू र पर्याप्त कानुनी संरचना हुँदाहुँदै पनि नेपालले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्न सकेको छैन। मूल कारक तत्वको रूपमा कानुन कार्यान्वयनको अभावलाई नै लिन सकिन्छ।

नीति निर्माण र सोको कार्यान्वयनमा ठूलो अन्तर देखिएमा जनताको विश्वास र वातावरणीय न्यायमा आँच आउँछ।

विधिको शासन व्यवस्था अँगालेको मुलुकमा सर्वोच्च अदालतका आदेशको अवज्ञा हुनु स्वीकार्य हुँदैन। पब्लिक ट्रस्ट डक्ट्रिन अनुसार सरकार प्राकृतिक स्रोतको संरक्षक हो। सरकारले आफैले तर्जुमा गरेका कानुन र अदालतको आदेशलाई कार्यान्वयन नगर्ने नगराउने कार्यबाट सरकार आफ्नो कानुनबमोजिमको कर्तव्यबाट विमुख भएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ।

समाधानको बाटो

यदि हामीले साँच्चिकै प्लास्टिक प्रदूषण अन्त्य गर्ने इच्छाशक्ति राखेको हो भने कानुनको अक्षरसः पालनमा गम्भीर हुनैपर्छ। नीति र नीतिमा उल्लेख भएका प्रावधान र तिनको कार्यान्वयनबीचको खाडल पुरिनुपर्छ।

कानुन त छन्, अदालतको आदेश पनि स्पष्ट छ। अभाव छ त केवल राजनीतिक इच्छाशक्तिको।

यदि वातावरण सम्बन्धी कानुनको तर्जुमा र कार्यान्यवयनबीचको खाडल यथावत रहिरह्यो भने यस वर्षको विश्व वातावरण दिवसको नारा केवल एक नारामै सीमित रहनेछ। प्लास्टिक प्रदषुण र यसको प्रतिकूल असर मानव जीवनमा यथावत रहिरहने छ। कानुन कार्यान्वयनमा गम्भीर हुनु आजको आवश्यक्ता हो।

(लेखकद्वय मोरङ जिल्ला अदालत, विराटनगरमा कार्यरत शाखा अधिकृत हुन्)


https://nepalkhabar.com/blog/239235-2025-6-5-19-8-53 

World Environment Day: 20 years on, Supreme Court’s plastic rulings still ignored in Nepal

 


If Nepal is serious about “ending plastic pollution,” it must bridge the gap between promise and performance. Laws are in place. Judicial clarity has been provided. What’s lacking is the political will to act.

Photo courtesy: Xinhua

As plastic pollution continues to rise globally, the world once again rallies behind the call to “End Plastic Pollution”—the theme of World Environment Day 2025, echoing the same message from 2018. Despite growing awareness and legal measures, Nepal’s progress on curbing plastic pollution remains slow and inconsistent.

In this context, it bears relevance to shade light on the one of the studies, entitled “Solid Waste Account for Urban Municipalities of Nepal, 2020”, published by the Central Bureau of Statistics (CBS). 

The report of the CBS suggests that one million metric tons of waste is being generated across the country annually. Surprisingly, of one million metric tons of waste, around three million (3.15) tons are disposed-off along the river banks and in open areas, thereby, causing rampant water pollution. The report further states that about 30 percent of non-combustible waste is in the nature of plastic and rubber.

Similarly, Waste Management Baseline Survey of Nepal, 2020 conducted by the CBS also reveals the fact that only 42 percent of the municipalities are using the landfill sites. The remaining local bodies in the country don’t have landfill sites.

If the global data is something to standby, the studies of UNEP suggest that the world produces more than 430 million of tons of plastic annually and two third of them are short-lived product and that soon becomes waste, filling the ocean and get into human food-chain.

The plastic pollution has augmented in such a level that it became the agenda of Sustainable development goals (SDG) too. The Goal number 11 of SDG obliges the state parties to make cities and human settlement inclusive, safe, resilient and sustainable. Likewise, the goal number 13 of the SDG obligates the states to take urgent measures to combat climate change.

These instances give a vivid picture that the states across the globe are confronting with the menace of plastic pollution.

In a significant step toward combating plastic pollution, the Supreme Court of Nepal has issued landmark verdicts directing the state to develop robust mechanisms against it. As we observe World Environment Day today, it is especially important to reflect on these rulings and their impact.

Two decades of delay

Over 20 years ago, Nepal’s Supreme Court took a decisive step in the fight against plastic pollution. In a landmark 2001 ruling (Advocate Santosh Kumar Mahto v. His Majesty’s Government of Nepal and Others, Decision No. 7430), the Court recognized the authority of local governments to regulate and ban plastic bags to protect the natural environment and public health.

The petition and the court’s mandate

The petitioner Advocate Santosh Kumar Mahto highlighted serious concerns: plastic bags made from petroleum are non-renewable, non-biodegradable, and remain in the environment for centuries—polluting soil and water, and threatening both aquatic and land-based life. Furthermore, food stored in black plastic bags could expose people to harmful chemicals that may lead to skin diseases and cancer.

Jivesh Jha and Khagendra Tiwari

The Court issued a writ of mandamus, directing the government to form a technical committee. This committee would include experts from the Royal Nepal Academy of Science and Technology (RONAST), Tribhuvan University, the Ministry of Environment, Kathmandu Valley municipalities, and the Nepal Plastic Manufacturers Association. It was tasked with conducting research and recommending actions to reduce plastic pollution.

More so, based on the committee’s findings, the Court ordered the Kathmandu Valley municipalities to act on banning the sale and use of plastic bags.

Ignored directives, worsening pollution

Despite this strong judicial directive, little has been changed.

Over two decades later, Kathmandu remains one of the most polluted cities in the world. Successive governments have issued regulations, such as a 2000 ban on plastic bags thinner than 20 microns, and a 2015 ban on bags thinner than 40 microns in Kathmandu Valley—but implementation has been weak.

In fact, in 2018, the Ministry of Forests and Environment weakened the existing ban, proposing regulation only for bags under 30 microns, contradicting earlier commitments and court directives.

In a 2023 case (Bharat Basnet v. Ministry of Forest and Environment and Others, Decision No. 11015), the Supreme Court criticized this move as regressive, emphasizing that environmental protection should never be compromised. The Court invoked the “In Dubio Pro Natura” principle—when in doubt, act in favor of nature—and urged the government to maintain the stricter 40-micron threshold.

Given that the original ban was placed on plastic bags of less than 40 microns and specifically targeted at environmental protection and public health within the Kathmandu Valley, the revised provision to regulate only bags below 30 microns represents a regressive step in environmental conservation, held the Court.

Regressive step

The Government of Nepal published a notice in the Nepal Gazette on 2071/12/18 BS. (April 1, 2015 AD), banning the import, storage, sale, distribution, and use of plastic bags of size 20 x 35 cm and thickness less than 40 microns within the Kathmandu Valley, beginning from 2072/01/01 BS (April 14, 2015 AD).

However, contrary to this, the decision made by the Ministry of Forests and Environment (at the ministerial level) on 2075/02/23 BS (June 6, 2018 AD) and the subsequent publication of the “Nepal Clean Environment Mega Campaign (2075)” action plan (on page 14 of the document) mentions a provision to regulate and control plastic bags with thickness less than 30 microns and promote alternatives for other bags.

The Supreme Court termed such a move of the government as regressive in 2023 judgment, i.e., in Bharat Basnet v. Ministry of Forest and Environment and Others [Decision No. 11015].

Repeated court warnings

This isn’t an isolated case (that is, the case of 2023).

In 2004, in Advocate Bhojraj Aire v. Office of the Prime Minister and Council of Ministers and Others, the Court again warned that pollution in the Kathmandu Valley was worsening and violating citizens’ constitutional/fundamental right to a clean and healthy environment.

Even earlier, in 1995, the Court ruled in Prof. Surya Prasad Sharma Dhungel v. Godavari Marbles that a polluted environment endangers human life and violates the right to physical well-being.

Pattern of inaction

Despite consistent court judgments and legal frameworks, Nepal’s fight against plastic pollution has suffered from one major flaw: lack of law enforcement.

As Jurist H.L.A. Hart once noted, enacting a law is one thing; implementing it is another. This gap between policy and practice undermines public trust and environmental justice.

In a democracy, ignoring the decisions of the Supreme Court is unacceptable. Under the public trust doctrine, the government is the guardian of people in the context of using the natural resources for the benefit of all citizens. By failing to enforce its own laws and court orders, the state is neglecting its duty.

Way forward

If Nepal is serious about “ending plastic pollution,” as the world urges this World Environment Day, it must bridge the gap between promise and performance. Laws are already in place. Judicial clarity has been provided. What’s missing is the political will to act.

If this situation persists, the theme of this year’s World Environment Day will remain just that—a theme, not a reality.

Jivesh Jha and Khagendra Tiwari are Judicial Officers at the Morang District Court.  In addition to their judicial roles, they also serve as law faculty at a public university based in Biratnagar, contributing to legal education and academic discourse.

The DMN News 

https://thedmnnews.com/world-environment-day-20-years-on-supreme-courts-plastic-rulings-still-ignored-in-nepal/

Comments

हरित गणतन्त्रका लागि संविधानको पूर्ण कार्यान्वयन

जीवेश झा/विष्णुचन्द्र नेपाली २o८२ जेठ ३० शुक्रबार (नयाँ पत्रिका) संविधानमा समाविष्ट हरित गणतन्त्रको अवधारणालाई मूर्त रूप दिने कानुनी प्रावधा...